मुलुक डेस्क, धनुषा । २०८० माघ ०९, मंगलवार

नेपाल भारत खुला सिमा संबाद समुह र सिमाबर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नब निर्मित मन्दिरमा भएको प्राण प्रतिष्ठाको अवसरमा जटही पिप्रौन सिमा नाकामा दिपोत्सव (दिप प्रज्वलन) मनाएको छ ।

नेपाल भारत खुला सिमा संबाद समुह र सिमाबर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नब निर्मित मन्दिरमा हुन गैरहेको भगवान रामको प्रतिमामा प्राण प्रतिष्ठाको अबसरमा धनुषा जिल्लाको दक्षिणी सिमाना र मधुवनी जिल्लाको उत्तरी सिमाना जटही पिप्रौन सिमा नाकामा अबस्थित महादेव मन्दिरको परिसरमा भजन किर्तन एवम् सिमानाकामा दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरि खुसियाली मनाइएको छ।

कार्यक्रमलाई भव्यता एवम् दिव्यताको लागि स्थानिय किर्तन मनण्डली लगायत संस्थाको पदाधिकारी सहित दुबै तर्फका आम नागरिक समेत हनुमान आराधना, रामनाम किर्तन र प्रसाद बितरणसंगै संस्थाद्वारा साधु एबं आमजनहरुको लागी भंडाराको समेत आयोजना गरेको थियो।

उक्त कार्यक्रम नेपाल भारत खुला सिमा संबाद समुहको तर्फबाट संयोजक राजीव झा, केन्द्रिय सदस्य रिकेश चौधरी, पुरन गुप्त, कृष्णा साह, नवल झा, प्रमोद कुमार साह, रन्जीत झा तथा सिमाबर्ती नागरिक समाजको तर्फबाट मुर्ली मनोहर मिश्र,अमरेन्द्र झा, प्रदिप चौधरी लगायतको सक्रिय सहभागीतामा बेलुका दिप प्रज्जवलन गरि समापन गरिएको थियो।