विवेक सिंह, सर्लाही । २०८० माघ ०७, आइतवार

राजपुत समाज नेपालले “सम्मान तथा सहयोग” कार्यक्रम सर्लाहीको हथिऔलमा सम्पन्न गरेको छ ।

राजपुत समाज नेपालको सहयोग र सर्लाही शाखाको आयोजनामा “सम्मान तथा सहयोग” कार्यक्रम बलारा नगरपालिका वडा नं. १ मिर्जा हथिऔलमा सम्पन्न भएको हो। उक्त कार्यक्रम समाजका केन्द्रिय सल्लाहकार तथा समाजसेवी राजनीतिज्ञ रामकिशोर सिंहको निवासमा आयोजना गरिएको थियो । कार्यक्रममा सल्लाहकार रामकिशोर र मानार्थ सदस्य डा. चन्दन सिंहले आर्थिक पक्षको सम्पुर्ण व्यस्थापन गरेका थिए । डा. सिंह मधेश ह्युमन राइट्स युएसएका अध्यक्ष समेत हुन्।

समाज र समुदायका विभिन्न व्यक्तित्वहरु संगको प्रत्यक्ष भेटघाट र संवाद मार्फत सहकार्य गर्दै आएको समाजले हथिऔलका करिब ९० परिवारलाई ब्ल्याङ्केट(कम्बल) वितरण गरेको थियो । कार्यक्रमको अध्यक्षता सर्लाही शाखाका अध्यक्ष सन्तोष कुमार सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राजपुत समाजका केन्द्रिय महासचिव संजीव सिंह रहेका थिए । यसैगरी विशिष्ट अतिथिको रुपमा मनरा शिसवा नगरपालिकाका पुर्वमेयर संजय कुमार सिंह र पुर्वएसपी रविन्द्र सिंह रहेका थिए ।

कार्यक्रममा ब्ल्याङ्केट वितरणका साथै सर्लाहीको प्रत्येक गाउँ नगर स्तरमा समिति गठन, मलंगवामा समाजको जग्गा र भवन निर्माणको तयारी तथा विशेष गरि वैवाहिक अवस्था र समाजमा प्रचलित “दाइजो प्रथा”न्यूनीकरण, शिक्षा र आर्थिक पक्षमा मजबुतीकाे व्यवस्थापन सम्बन्धि विषयमा चर्चा र गहन छलफल गरिएको जानकारी प्रस्तोता प्रभाकर सिंहले बताए ।

राजपुत समाजले नेपालभरीको राजपुतबीच एकता समन्वय र सहकार्य गर्दै विश्वभरका राजपुतलाई जोडने अभियान शुरु गरेको समाजका महासचिव संजीव सिंहले बताए । यसका साथै सामाजिक उत्थान, जिल्ला शाखा गठन र काठमाडौंमा “सिंह भवन” को निर्माण समाजको प्रमुख एजेण्डा रहेको पनि बताए । कार्यक्रममा रामपरिक्षण सिंह , भरत, शत्रुधन, प्रेम र हरिको परिवार, बलि, नवल, इन्दल, शम्भु लगायतको परिवारलाई प्रमुख अतिथिसंगै विशिष्ट र आगन्तुक अतिथिले ब्ल्याङ्केट वितरण गरेका थिए ।

कार्यक्रममा छतौना, सुदामा, अर्नाहा, धनकौल, मधुवन लगायत क्षेत्रका व्यक्तित्वको सहभागिता रहेकोे थियोे । अतिथिको रुपमा सर्लाही शाकाका उपाध्यक्ष प्रभात सिंह, सचिव अजय सिंह, कोषाध्यक्ष विरेन्द्र सिंह, सदस्य चन्दन सिंह सहित श्यामबाबू सिंह, बाबू विश्वमोहन, अरविन्द, ललन, नुनु, सुधिर, मुनिल, भिखरी, त्रिपुरारी, चन्द्रशेखर सिंहको उपस्थिति रहेकोे थियो ।

#राजपुतसमाजनेपाल #nepalrajput #Rajput #rajputana #rajputsamaj #Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *