मुलुक डेस्क, काठमाडौं । २०८० माघ ०१, सोमवार

देश मधेशबीच सहकार्य र समन्वयको वातावरण सदैव बनिरहोस भन्ने संदेशका साथ सांसद नागिना यादवले प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल गरेकी हुन् ।
मधेश उर्वर भुमि रहेको र देशभरलाई अन्न उपलब्ध गराउन प्रमुख भुमिकामा रहन्छ । यो बर्ष पर्याप्त वर्षा नहुँदा भूमिगत र सतहको पानी घटेको छ । यसले कृषि उत्पादनमा व्यापक ह्रास ल्याएको विषय लगायतका छ्लफल भएको नेपाल तरुण दलका केन्द्रिय सदस्य ई. रन्जित कुमार सिंहले बताए ।
यसैगरी मधेशको आर्थिक, सामाजिक र भौतिक विकास गरेर मात्र देशको समृद्धि सम्भव छ । यसका लागि बैशाखमा हुन लागेको लगानि सम्मेलनमा मधेशमा लगानी बढाउने क्षेत्रहरुमा प्राथमिकता दिनु पर्ने लगायत १६औं पञ्चवर्षिय योजनामा मधेशका प्राथमिकताका क्षेत्रहरुका बारेमा प्रधानमन्त्रीसंग छलफल भएको प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य नागिना यादवले बताइन् ।
उक्त भेटमा यादवले सदन र सरकारका लागि सकारात्मक भुमिका खेलेको जानकारी आफुले प्राप्त गरेको प्रधानमन्त्रीले बताएका थिए । यसका साथै प्रधानमन्त्रीले सक्षम र सकारात्मक युवा नेतृत्वको खाँचो रहेको धारणा समेत व्यक्त गरेका थिए ।