मुलुक डेस्क, काठमाडौं । २०८० पौष १२, बिहिवार

मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए) ले आई केयर चाइल्ड अनाथालयलाई सहयोग गरेको छ ।
विगत २० वर्षदेखि अनाथालय संचालन गर्दै आएकी प्रतिक्षा अधिकारीका अनुसार अहिले यहाँ करिब एक दर्जनभन्दा बढी बच्चाहरु रहेको छ। मधुर-युएसएले ४/५ वर्षदेखि यहाँको बच्चा र यो संस्थालाई आर्थिक र सामाजिक सहयोग गर्दै आएको छ ।
यसै अवसरमा मधेश ह्युमन राइट्स युएसए (मधुर-युएसए)का अध्यक्ष तथा अन्तर्राष्ट्रिय मधेशी समाजका (आइएमएस) संयोजक डा. चन्दन सिंहले गरेको सामाजिक सहयोग बापत संस्थाको संचालक पअधिकारीले सिंहलाई सम्मान तथा कदरपत्र प्रदान गरेकी छिन्। सिंह हाल केही दिनका लागि अमेरिकाबाट नेपाल भ्रमणमा आएका हुन् ।