रोशन कुमार मिश्र, महोत्तरी । २०८० पौष ०८, आइतवार

महोत्तरीको सदरमुकाम जलेश्वरको विकास झल्किने केही दृश्यहरु। जलेश्वर महादेव मन्दिर र संसारी माई जस्तो प्रसिद्ध मन्दिरको नामले प्रख्यात ऎताहासिक नगरी जलेश्वरको विकासको जिम्मा नगरवासी र नगरप्रमुखको होइन र?

हो भने वर्षाैदेखिको दयनीय अवस्थामा सुधार किन आएन?जलेश्वर महादेव मन्दिरको अगाडि संसारी माईको बाटो हुँदै जलेश्वर अस्पताल जाने बाटोमा फोहोरको डम्पिङ साइट किन बनेको? ग्राभेल र कालोपत्रे किन बन्न सकेन? जलेश्वरको मुटुमा कस्तो दाग? कहिले ध्यान जाला नगरवासी र नगरप्रमुखको?
जनगरपालिका वडा नं. २ सडक खण्डको दुर्दशाका कारण जनताले यो मार्गबाट आवतजावत गर्न छोडेको छ भने बाटोमा घर हुनेहरुको दुर्गन्ध र फोहोरको कारण बास बस्न बेकार र बाध्य बनेको छ । चुनावी नारा र बिकासको मेल यहि हो? प्रश्न प्रष्ट छ, जवाफ पाउन कति कुर्नुपर्ने हो?