संजीव सिंह, काठमाडौं । २०८० मंसिर २५, सोमवार

प्रसिद्ध शक्तिपिठकाे रुपमा मनराको महारानी स्थान परिचित छ । प्रत्येक सोमवार र शुक्रवार यहाँ बलि चढाइन्छ । विशेष गरि दशैको अष्टमीको दिन बलि चढाउनेको सर्वाधिक भिड लाग्ने गर्दछ ।

मनरा प्रवेश गर्ने पुर्वी र दक्षिणको शान्त र एकान्त ठाउँमा रहेको यो मन्दिरलाई भव्य र व्यवस्थित बनाउन जरुरी देखिन्छ । ऎतिहासिक शक्तिपिठ महारानी स्थानमा मनरा, कट्टी, भोल्ही, चौरिया, साँढा लगायत धनुषा, सर्लाही र छिमेकी राष्ट्र भारतको सिरसिया, परिहारबाट श्रद्धालु भक्तजन दर्शन गर्न आउने गर्दछ्न ।