संजीव सिंह, काठमाडौं । २०८० मंसिर २४, आइतवार

सहकारी क्षेत्रमा विगत २९ वर्षदेखि निरन्तर ग्राहकवर्गको सन्तुष्टि र भरोसालाई कायम राख्न सफल, अग्रणी एवम् भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २८औं वार्षिक साधारण सभा काठमाडौंमा मनाएको छ ।

मंसिर २३ गते शनिवार काठमाडौंको बागबजार स्थित कार्यालय भवनमै रहेको न्हुज: पार्टी भेन्यु एण्ड रेष्टाेरेन्टमा सम्पन्न २८औं साधारण सभाको समुद्धाटन प्रमुख अतिथि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री मा. शरद सिंह भण्डारी तथा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गरेका थिए । यही २८औं वार्षिक साधारणसभाले निर्विरोध संचालक समिति र लेखा समितिको पनि चयन गरेको छ ।

२८औं साधारणसभाले ९ सदस्यीय नयाँ संचालक समिति र ३ सदस्यीय लेखा समितिको चयन गरेको छ । संस्थाको अध्यक्षमा पुनः राकेश कुमार सिंह नै निर्विरोध निर्वाचित भए। यसैगरी उपाध्यक्षमा इ. विजय कुमार सिंह, सचिवमा संजीव सिंह, कोषाध्यक्षमा जस्मिन महर्जन, सदस्यमा सुनिल कुमार सिंह, रुबी सिंह, नारायण कुमार श्रेष्ठ, राम कुमार त्रिपाठी र अरुण कुमार साह निर्विरोध निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा जय कुमार सिंह सहित सदस्यमा सरस्वती नापित र अमन सिंघानिया पनि निर्विरोध निर्वाचित भएको बिर्वाचन समिती सदस्य प्रसान्त यादवले मंचबाट घोषणा गरि सभालाई जानकारी गराएका थिए ।

“जनताको आर्थिक निकास, सहकारीताको विकास” भन्ने मुल नारा लिई भव्यताका साथ सम्पन्न साधारण सभामा संचालक, शेयरधनि, लेखा समिति, सल्लाहकार, आगन्तुक एवं पत्रकारको उपस्थिति रहेको थियो । प्रमुख अतिथि मन्त्री भण्डारीका अनुसार नेपाल सहकारीकाे तीन दशकको विस्वसनिययात्रा नै सफलताको सुत्र हो । यसकासाथै यसले शेयरधनीको पैसालाई २८ वर्षदेखि सुरक्षा प्रदान गर्नु आफैमा गर्विलो भएको बताए । सहकारीले मुनाफासंगै सार्वजनिक हित, उत्पादनमुलक कार्य र जनसरोकारको क्षेत्रमा लगानी गर्दै आएकोमा सेयरधनी र सेयर सदस्यलाई ढुक्क रहन पनि सुझाव दिए ।

आ.व. ०७९/८० को अषाढ मसान्तसम्मको पुजी तथा दायित्वतर्फ कुल २९ करोड १८ लाख ६७ हजार चार सय ५९ रुपैयाको वित्तीय विवरण रहेको प्रतिवेदनमा उल्लेख छ । सदस्यहरुलाई कर्जा तथा सापट बापत कुल १७ करोड ३ लाख ६० हजार ८ सय ८७ रुपैया र कूल सम्पत्ति बापत २९ करोड १८ लाख ६७ हजार चार सय ५९ रुपैया भएको ब्यहोरा जानकारी प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमको संचालन संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरीले गरेको थियो भने महाप्रबन्धक शोभा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् । वरिष्ठ प्रशासन अधिकृत अनुपमा राणा(शाह), न्युरोड सेवाकेन्द्रका शाखा प्रमुख पुष्पा के. सि. (रायमाझी), लेखा अधिकृत आरती सिंह सहित संस्थाका कर्मचारीहरु अंकितमान सिंह, सुष्मा भट्टराई लगायत, सेयर सदस्य, पत्रकार सहित उद्यमीहरुको उपस्थिति रहेको थियो ।

संस्थाको २८ औं बार्षिक साधारण सभामा आ.व.०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र लेखा परिक्षण प्रतिवेदन सहित संचालक समितिको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष सिंहले प्रस्तुत गरेका थिए । विश्व महामारी कोभिड-१९ सहित र आर्थिक मन्दिको वावजुद अघिल्लो वर्षहरुभन्दा यस वर्ष कारोबारमा सुधार भएको बताए । संगठनात्मक सुदृढीकरण, ब्यवस्थापकीय सुधार, ग्राहकमुखी कर्जा, उत्पादनमुलक लगानीका साथै खर्चमा मितब्ययीता अपनाई आम्दानी बृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष सिंहले बताए ।

गत चालु वर्षदेखि काठमाडौंको न्युरोडमा सेवा केन्द्र थप संचालन गरी कारोबार समेत गर्दै आएको र यसै वर्षदेखि पुनः थप एउटा शाखा संचालनमा ल्याउने योजना रहेको कार्यक्रममा जानकारी गराईयो । साथै उपत्यका सहित सातै प्रदेशमा थप शाखा खोल्ने लक्ष्य रहेको समेत अध्यक्ष सिंहले प्रष्ट पारे ।

देशव्यापी रकम पठाउने भरपर्दो माध्यम तथा संसारको जुनसुकै स्थानबाट पठाएको रकम संस्थाकाबाट तत्काल भुक्तानी लिन प्रभु मनि ट्रान्स्फर सेवा, मोबाईल बैंकिङ्ग जस्ता अन्य विद्युतिय कारोबार संगै डिजिटल सेवा प्रवाह गर्ने लक्ष्य रहेको छ् । संस्थाका सदस्य महानुभावहरुको सुविधालाई दृष्टिगत गरि न्यूनतम् शूल्कमा मासिक टेलिफोन/मोबाइल शूल्क, खानेपानी महशुल, विद्युत महशुल तथा मासिक स्कुल फि आदि संस्थाका बैकिङ कार्यालयबाट तिरिदिने ब्यवस्था संस्थाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *