मुलुक डेस्क, काठमाडौं । २०८० मंसिर २१, बिहिवार
भक्तिमती भारती खरेलको ८६ औं जन्म जयनतीका अवसरमा भारती खरेल स्मृति प्रतिष्ठानले यो वर्षको “भारती खरेल स्मृति पुरस्कार” अध्यात्म साधक परमहंस परिब्राजकाचार्य श्रोत्रियव्रम्हनिष्ठ निरञ्जन प्रिठाधीस्वर अनन्तश्री विभूषित महा मण्डलेश्वर डा. स्वामी आत्मानन्द गिरीजी महाराजलाई प्रदान गरेको छ ।
२०४९ सालमा स्वर्गीय भारती खरेलको स्मृतीमा स्थापित प्रतिष्ठानले हरेक वर्ष समाजसेवा, साहित्य र अध्यात्ममध्ये एक क्षेत्रका संस्था वा व्यक्तित्वलाई उक्त पुरस्कारद्वारा विभूषित गर्ने गरेको छ ।
यो वर्ष अध्यात्म क्षेत्रमा अनवरत समर्पित महमण्डलेश्वर डा. स्वामी आत्मानन्द गिरीलाई “भारती खरेल स्मृति पुरस्कार” द्वारा सम्मानित गरिएको हो ।