रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १९, मंगलवार
महोत्तरीको मनरा शिसवा नगरपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम मनाइएको छ । स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ यो दिवस कार्यपालिकाको कार्यालय मनरामा मनाइएको छ ।
उक्त कार्यक्रममा स्वेच्छाले राजिनामा दिएका FCHV सम्मानजनक विदाई र नयाँ छनाैट भएकाहरुलाई स्वागत कार्यक्रम समेत गरिएको थियो । नगरपालिका उपमेयर शकुन्तला देवीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुनिता गुप्ता रहेकी थिइन् तथा विशिष्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरी रहेका थिए ।
विदाई गरिएको २४ जना स्वयंसेविकालाई जनही नगरपालिकाको तर्फबाट रु २४ हजार तथा प्रदेश सरकारको तर्फबाट रु २० हजार प्रदान गरिएको थियो । यसैक्रममा यहि नगरपालिकामा कार्यरत वरिष्ठ अहेब अनिल कुमार सिंहलाई पनि सम्मान सहित विदाई गरिएको थियो । कार्यक्रममा स्वंयसेविका सहित सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।