रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १८, सोमवार
![](https://i0.wp.com/muluktimes.com.np/wp-content/uploads/2023/12/IMG-20231204-WA0018-1.jpg?resize=800%2C360&ssl=1)
महोत्तरीको मनरा शिसवा नगरपालिकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मनराको आयोजनामा आपाङ्गहरुलाई २० वटा व्हिल चेयर, १२ वटा बैशाखी, लौरो र सम्मान स्वरुप गमछा बितरण गरेको छ ।
“दिगो विकास लक्ष्यको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको एक्यवद्धता” भन्ने मुल नाराका साथ ३२ औं अन्तर्राष्ट्रिय आपाङ्ग दिवस कार्यक्रम नगरपालिका उपमेयर शकुन्तला देवीको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीको उपस्थिति रहेकोे थियोे।
अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण कार्यक्रममा वडा नं.१ का वडाअध्यक्ष गोबिन्द चौरसिया, वडा नं.३ का वडाअध्यक्ष अशोक कुमार अधिकारी, वडा नं.४ का वडाअध्यक्ष चन्द्र भुषण मौवार, वडा नं. ५ का वडाअध्यक्ष हदिश अन्सारी, वडा नं.६ का वडाअध्यक्ष राम बहादुर साह, वडा नं.७ का वडाअध्यक्ष रामनाथ सहनी लगायत अपाङ्ग व्यक्तिहरु तथा सर्वसाधारणको उपस्तिथि रहेको थियोे । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको संख्या २०७८ सालको जनगणनाअनुसार झण्डै साढे ६ लाख छ।