रोशन कुमार मिश्र, महोत्तरी । २०८० मंसिर १६, शनिवार
महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं १, मनरामा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन भएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता” महिला र बालबालिकामा लगानीको एक्यवद्धता” भन्ने मुल नाराका साथ सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो।
यो वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान मंसिर ०९ देखि २४ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । समग्र विकास केन्द्र महोत्तरीको आयोजना र मनरा शिसवा नगरपालिकाको सहयोगमा यो कार्यक्रम संचालन भएको हो । नगरपालिका अन्तर्गतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको पहलमा सडक नाटक प्रदर्शन कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको देखिन्छ ।
मनरा शिसवा नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको अभियान आफ्नो सम्पुर्ण वडाहरुमा संचालन गरेको थियो । मधवा, बथनहा, सहसराम, जाउख, कटैया, सरपल्लो, झिंगास्थान, सोनौल, इटहर्वा, मनरा लगायतको गाउँमा सडक नाटक सम्पन्न भएको सहायक महिला विकास निरीक्षक गोमा काफ्लेले बताइन् ।
सडक नाटकको क्रममा अत्याधिक मात्रामा स्थानीयको सहभागिता रहेको थियोे । विभिन्न किसिमको प्रस्तुतिसंगै मनोरञ्जनात्मक कार्यक्रम पनि प्रदर्शन गरिएको थियोे ।