संजीव सिंह, काठमाडौं । २०८० मंसिर ०८, शुक्रवार
विन्ध्यवासिनी मन्दिर वीरगञ्ज क्षेत्र सहित नेपालको एक ऎतिहासिक मन्दिर हो । झट्ट सुन्दा पोखराको विन्ध्यवासिनी मन्दिरको याद आए पनि यो मन्दिरको आफ्नै महत्व र गरिमा छ । स्थानीय सरकारद्वारा यसको प्रसिद्धि र सौन्दर्यीकरणमा विशेष पहल गर्नुपर्ने आवस्यकता देखिन्छ ।
वीरगञ्जबाट ड्राइपोर्ट पोखरिया हुँदै ८ किलोमीटर पश्चिममा अवस्थित विन्ध्यवासिनी मन्दिर ऎतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपाल कै प्रसिद्ध मन्दिरमध्येको एक हो ।
स्थापत्य कलाको प्रयोग गरी पुनर्निर्माण गरिएको यो मन्दिर निकै प्राचीन मन्दिर हो । जनश्रुति अनुसार मन्दिरको निर्माण राणा प्रधानमन्त्री जंग बहादुर राणाले गराएको हो । यहाँ प्रत्येक वर्ष दशैंमा मेला लाग्ने गर्दछ ।
प्रत्येक वर्ष हजारौं श्रद्धालु र दर्शनार्थीले भरिभराउ रहने यो मन्दिरमा राजा महेन्द्र र रानी रत्नद्वारा ध्वजापाताले शृङ्गार एवम् मन्दिर मर्मत निर्माणमा सहयोग गरिएको मन्दिरमा उल्लेख छ । मन्दिरमा धर्मशाला रहेपनी व्यवस्थित भने छैन । यसका साथै मन्दिरमा गणेश, शिवपार्वती, संसारी माता लगायतका भगवानको पनि सानो सानो मन्दिर रहेको छ ।