रोशन कुमार मिश्र, महोत्तरी । २०८० कार्तिक ३०, बिहिवार

श्री दुर्गा माध्यमिक विद्यालय मनराका पुर्व विद्यार्थीद्वारा तिहार छ्ठ् काे अवसरमा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।
महोत्तरीको मनरा शिसवा-१, मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयका वि. सं. २०४१ सालको एसएलसी ब्याचका विद्यार्थीहरुद्वारा विगतका वर्ष झैँ यो वर्ष पनि तिहार तथा छठ् पर्वको पावन अवसरमा भेटघाट एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विगत चार वर्षदेखि निरन्तर वर्ष ०४१ ब्याच समुहका विद्यार्थीहरु बीच शुभकामना तथा भेटघाट कार्यक्रम हुँदै आएको बताए ई. राजीव सिंह राजपुत ।

आपसी सद्भाव र शैक्षिक उन्नतिका लागि एकजुट भएर आ-आफ्नो क्षेत्रबाट सबैले सके जति योगदान पुर्याएको बताउँछन् पुर्व मेयर तथा यो ब्याचका विद्यार्थी संजय कुमार सिंह । विद्यालय हाताभित्र मन्दिर नरहेकोले आगामी वर्षभित्र मुर्ति राखी पुर्णरुपमा मन्दिर निर्माण सम्पन्न भएर समुदघाटनमा आउने बताए ई. प्रमोद कुमार सिंह । यसैगरी शिक्षाको अवधारणा लाई आम जनमानसमा पुर्याउने र समतामूलक चेतनाको विकास गर्न पनि शिक्षा अपरिहार्य रहेको बताए माओवादी नेता राजेन्द्र साह ।

छात्रवृत्ति र पुस्तकालय लगायत खेलकुद र सीपमूलक शिक्षामा जोड दिदै आपसी सद्भाव र सहकार्य गर्न यो पुनर्मिलन कार्यक्रम निरन्तर हुने बताए मनोज कुमार झा । आजको कार्यक्रममा यसै ब्याचका विद्यार्थी साथी राम आशिष ठाकुरको सम्झनामा हार्दिक श्रद्धाञ्जली पनि प्रकट गरिएको थियोे । कार्यक्रमा बहुसंख्यकले उपस्थिति जनाउन नसके पनि एक दर्जनभन्दा बढी विद्यार्थीहरु मध्ये राम ललित सिंह, बिनोद कुमार सिंह, सुरेश कुमार सिंह, युगलकिशोर झा, नागेन्द्र साह, सुखचन्द्र चौरसिया आदिको उपस्थिति रहेको थियोे ।