मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक २०, सोमवार

काठमाण्डौ – एकदिवसीय विश्वकपमा आयोजक भारतले लगातार आठौं खेलमा जित हासिल गरेको छ। जारी आईसीसी विश्वकप २०२३ मा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको विशाल अन्तरले हराएको छ। स्पिनर रविन्द्र जडेजाको घातक बलिङमा भारतले शानदार जित दर्ज गरेको हो। भारतले २० वर्षपछि विश्वकपमा लगातार आठौं खेलमा जित हासिल गरेको हो। यसअघि भारतले २००३ मा लगातार आठ खेलमा जित हासिल गरेको थियो।

भारतले दिएको ३ सय २७ रनको लक्ष्यसामु दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रन बनाउँदै अलआउट भयो। दक्षिण अफ्रिकाका मार्को यानसनले सर्वाधिक १४ रन बनाए। क्विन्टन डि कक ५, टेम्बा बभुमा ११, रास्सी भान डर डुसेन १३, एडेन माक्ररम ९, हेनरिक क्लासेन १ र डेविड मिलर ११ रनमा आउट भए।

भारतका रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ५ विकेट लिए। मोहम्मद शामी र कुलदीप यादवले दुई दुई विकेट लिए।मोहम्मद शिराजले एक विकेट लिए। भारतको जितमा विराट कोहली १ सय २१ बलमा १० चौकासहित १ सय १ रनमा नट आउट रहे। कोहलीको ओडिआई करिअरको ४९औं शतक हो।

कोहलीले ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकरसँगको कीर्तिमान बराबर समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *