डा. मनोज कुमार झा, काठमाडौं । २०८० कार्तिक १६, बिहिवार

“अग्र चेति चिरञ्जीवी”, “इतिहास निर्मम हुन्छ भन्ने तथ्य सबैले हेक्का राखुन्” ।
भनिन्छ नि, आयातित र स्वदेशीमा भिन्नता देख्नु छ भने त्यसको संस्कार लाई सुक्ष्म विश्लेषण गर्न सकियो भने स्पष्ट देखिन्छ ।
कुनै पनि सकारात्मक र नकारात्मक विषयवस्तुको प्रारम्भिक बैज्ञानिक परिक्षण नै त्यसको ब्यवहार (Signs and Symptoms) ले छर्पष्ट गर्ने गर्छ ।
हो, अहिले नेपाल र नेपाली माथी लादिएको दानविय शासन ब्यवस्थाको अन्तिम लक्ष्य नै “नेपाल – नेपाली – नेपालीपना लाई इतिहासको पाना समेतबाट संधैका लागि समाप्त पार्नु नै हो” र त्यही बाटोमा यसका प्रत्यक्ष एवं अप्रत्यक्ष मतियारहरु कडा मेहनत-परिश्रम गर्दै दिन-रात त्यतै तिर अग्रसर रहेको देखिन्छ । सिधा भन्नुपर्दा, यो विषयमा सम्पूर्ण संसदीय राजनीतिक पार्टीको “आम राजनीतिक सहमति” देखिन्छ ।उदाहरणका लागि हालैको बहुचर्चित एउटा सानो तर गम्भीर दुरगामी महत्वको विषयको उठान गरौं है त,
निर्लज्जताको प्रकाष्टा, चरम मनोवैज्ञानिक आतंकको भुमरीमा “धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र” रहेको सबैभन्दा ठुलो प्रमाण हो यो । बाइबलीय राजनीतिक ब्यापारको जग कतिको फुस्रो, छाडा, चेतनाहिन, अमर्यादित, अब्यवहारिक, संवेदनाहिन रहेछ भन्ने पनि यसले प्रमाणित गर्छ होला ।
१) संशोधन-परिमार्जन सहित ल्याइएको “राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० सम्बन्धी प्रतिवेदन” मा “राजाको मर्यादाक्रम” तोकिएको देखिएन अर्थात राजालाई राष्ट्रिय मर्यादित ब्यक्ति/ब्याक्तित्व ठानिएन, नेपाल र नेपाली को गौरवशाली स्वाधीन पहिचान विश्व पटलमा स्थापित गरेका सँग यस्तो निर्मम सौतेला व्यवहार आखिर किन ? आतंकित मनोबिज्ञान र असक्षमताको उपज हो भनेर हामी सहजै बुझ्न सक्दछौं । जसका लागि सबैभन्दा बढी धन्यवादका पात्र भन्नुपर्दा “राप्रपा जिन्दावाद” भन्नै पर्ने हुन्छ, यसको स्पष्टीकरण तलको लेखाइमा दिने नै छु ।
२) समग्र राजनीतिक नेतृत्वमा सामान्य राजनीतिक चेतनाको अभाव देखिन्छ, चेतनाहिन राजनीति बाट संस्कार, जिम्मेवारीपना र संवेदनाको आशा राख्नु पनि मुर्खता नै हो, होइन र ? त्यसैले सहजै बुझ्न सकिन्छ कि, देश त्यत्तिकै विसर्जनको संघारमा पुगेको होईन रहेछ !
३) लथालिङ्ग, अव्यवस्थित, औपचारिकतामा सिमित राजाको सचिवालयले समेत विरोध नजनाउनुले थुप्रै प्रश्नहरु उब्जिएको छ, तत्काल धारणा सार्वजनिक होस्।
३) यो बहुचर्चित विधेयक माथि सामाजिक संजाल देखि संचारमाध्यम सम्म विभिन्न कोणहरु बाट बहस चले-चलाइए पनि गौरवशाली इतिहास, पहिचान, राष्ट्रिय एकता, सार्बभौमिकताको प्रतिक र हाल पनि ९९.९९% भन्दा अधिक नेपाली नागरिकको मुटुको धड्कन एवं मन-मस्तिष्कमा रहे-बसेका राजा एवं राजसंस्था को राष्ट्रिय मर्यादाक्रम मा ध्यान नजानु, बहसको स्थान नपाउनु वा जानी-जानी बुझ पचाउनु रहस्यमय देखिन्छ, तत्काल संचार मध्यमले यो अत्यन्तै गम्भीर तथा राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता एवं राष्ट्रिय पहिचान संग सम्बन्धित ऐतिहासिक महत्त्वको विषयवस्तु माथि सबै कोणहरु बाट गम्भीर बहसको थालनी गरोस् ।
४) राजा वा राजसंस्थाको नाममा डोको थापेर बसेका माइतीघर मण्डला समूह होस वा स्वघोषित राजनीतिक ठेकेदार, राजा एवं राजसंस्थाको मुद्दालाई भोट बैंकको रुपमा प्रयोग – उपयोग – उपभोग गर्दै धर्म निरपेक्ष संघीय गणतन्त्रको भत्ता खाँदै मौज-मस्ती-पिकनिकमा रमाएका राष्ट्रिय प्रजातन्त्र पार्टी वा तिनका नेतृत्व पंक्ति समेतले यस विषयमा सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नदिनुले ठुलो प्रश्न सहितको नैतिक एवं ब्यवहारिक प्रश्न उब्जाएको छ ।
५) आम देशभक्त मुक्ति कामी नेपाली मन र जनमा रहेको राजा वा राजसंस्था प्रतिको अथाह सद्भाव – प्रेम – विश्वास – आस्था जुन अहिले सडकमा देखिंदैछ त्यसले दानवीय शासन सत्ताको केन्द्रमा रहे-बसेका क्रुर शासकको मन मस्तिष्कमा आतंक सृजना हुनु, त्यसबाट तर्सिनु, हडबडाउनु, संतुलन गुमाउनु स्वभाविक नै हो तर जनादेश सँग खेलवाड गर्ने कुचेष्टा गर्नु परम-मुर्खता हो भन्ने तथ्य बुझ्न नसक्नु सत्ताको दम्भमा रमाएकाहरुको भविष्य अन्धकार देखिन्छ, “इतिहास निर्मम हुन्छ” भन्ने तथ्यको सबैमा हेक्का रहोस् ।
हेक्का रहोस् , “मर्यादा कर्मले निर्धारण गर्ने हो न कि कागजको खोस्टामा क्रम ले !”
सम्बन्धित पक्षबाट तत्काल सुधार गरियोस् । राप्रपाले तत्काल सडक, सदन, संचारमाध्यम लगायत सबै मंचबाट स-सक्त प्रतिबाद गरोस् । सम्पूर्ण राजभक्त, देशभक्त, राष्ट्रवादी ब्यक्ति, शक्ति, समुह, अभियान ले आ-आफ्नो स्थानबाट एकजुट भएर स-सक्त प्रतिवाद गरौं ।



(डा. झा, राष्ट्र बचाउ अभियान
एवम् राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक हुन् र यो उनको नितान्त व्यक्तिगत विचार हो।)