मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक १० शुक्रबार

भारतीय राजदूतावास काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद सामग्री सहयोग गरेको छ ।
राजदूतावासले बिहीबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

उक्त सामाग्री बी.पी कोइराला भारत-नेपाल फाउन्डेशन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो । राजदूत श्रीवास्तवले आगामी त्रिदेशीय टी-२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना समेत दिए ।

भारतीय दूतावास काठमाडौंले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बी.पी कोइराला भारत-नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको दूतावासका प्रेस हेर्ने प्रथम सचिव डा. साहिल कुमारले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *