मुलुक डेस्क, काठमाडौं । २०८० कार्तिक ०५, आइतवार

एकदिवसीय विश्वकप क्रिकेटमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यो जीत संगै प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलोपल्ट हारको छ।

भारतले विश्वकपमा न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो ।
आजको खेलमा भारतको तर्फबाट सर्वाधिक ९५ रनको योगदान विराट कोहलीले दिए । उनले १०४ बलमा ८ चौका र २ छक्का हिर्काए । खेलमा रवीन्द्र जडेजाले नटआउट ३९ रन बनाए ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्माले ४० बलमा ४६ रन र शुभमन गिलले २६ रन बनाए ।
श्रेयर ऐयरले ३३ तथा केएल राहुलले पनि क्रमशः ३३ रन र २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए ।

न्युजिल्याण्डका लागि फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १-१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *