रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २८, आइतवार

संयुक्त खस छत्री नेपालको आज गोर्खा प्यालेस बालाजुमा बडा दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता संयुक्त खस छत्री नेपालका केन्द्रिय अध्यक्ष तारा बहादुर बस्नेतले गरेका थिए भन्ने प्रमुख अतिथिमा नेकपा एमालेका नेता पुर्व उपप्रधानमन्त्री एवम गृहमन्त्री भिम रावल रहेका थिए।
बिशिष्ट अतिथिमा पुर्व शिक्षा मन्त्री केशर बहादुर बिष्ट, पुर्ब जनरल सोभित बहादुर अधिकारी, नेपाल सरकारका सचिवहरु, नेपाल सशस्त्र प्रहरी बलका आइजिपी रबि राज थापा, नेपाल खस छत्रीका निवर्तमान अध्यक्ष राम थापा लगायत अन्य प्रहरी बलका पुर्व आइजिपी, पुर्ब कर्नेल लगायत बुद्धिजीवी र जात समुदायका अन्य व्यक्तित्व्हरुको उपस्थितिमा सभ्य र भव्री रुपमा कार्यक्रम सम्पन्न भएको थियो ।