मुलुक डेस्क, काठमाडौं । २०८० असोज २७, शनिवार

विश्वकप क्रिकेटमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारत विजयी भएको छ ।
शनिबार अहमदावादमा भएको खेलमा टस जितेर भारतले फिल्डिङ रोजेको थियो । पाकिस्तानले सुरुमा ब्याटिङ गर्दै ४२.५ ओभरमा सबै विकेट गुमाई १९१ रन बनाएको थियो। भारतले चेज गर्दै ३०.३ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य प्राप्त गर्यो ।
भारतको जितमा कप्तान रोहित शर्माले ८६, श्रेयस ऐयरले अविजित ५३, केएल राहुलले अविजित १९ तथा विराट कोहली र शुभमन गिलले १६/१६ रनको योगदान रहेको थियो। आजको खेलमा भारतका खेलाडी जसप्रित बुमराह प्लेयर अफ द मैच घोषित भए । उनले ७ ओभर बलिङ्ग गर्ने क्रममा १ मेडन १९ रन दिदै २ विकेट लिएका थिए ।
पाकिस्तानको लागि कप्तान बाबर आजमले अर्धशतक पूरा गरे भने मोहम्मद रिजवानले ४९, इमाम उल हकले ३६, अब्दुल्लाह साफिकले २० र हसन अलीले १२ रन बनाउनुबाहेक अन्य ब्या६रले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ भारतका जसप्रित बुमरामह, मोहम्मद सिराज, हार्दिक पाण्डे, कुलदीप यादव र रवीन्द्र जडेजाले समान २ विकेट लिए ।