रमेश लुइँटेल, काठमाडौं । २०८० असोज २७, शनिवार

पशुपतिको हंषा मण्डपमा श्री माँ भवानी दुर्गा पुजा समितिद्वारा नवरात्री महोत्सव हुने भएको छ । गत बर्ष झै यो बर्ष पनि असोज २८ गते देखि कात्तिक ७ गते सम्म श्री माँ भवानी दुर्गा पुजा समितिद्वारा नवरात्री महोत्सवको आयोजना हुने भएको छ ।

हिन्दुहरुको महान चाड बडादशैंको अवसर पारेर श्री माँ भवानी दुर्गा पुजा समितीद्वारा काठमाडौ पशुपतिनाथ मन्दिर प्राङगणको हंषा मण्डपमा नवरात्रा अर्थात नव दुर्गा भवानीको पुजा गरिने भएको छ । बिगत १५ बर्षदेखि प्रत्येक बर्षको नवरात्र सुरु भएको दिनदेखि नवरात्रको अन्तिम दिन बिजयदशमीको दिनमा समापन हुने गर्दछ ।

नव दुर्गा भवानीले सबैको प्रगती उन्नति र स्वस्थ जीवनको कामना गरून् भनी आफ्नो धर्म संस्कृतको जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रम गरिदै आएको समिताका अध्यक्ष लोचन यादबले बताएका छ्न । बिश्व भरिबाट तिर्थयातृको रुपमा भगवान पशुपतिनाथको दर्शन गर्न आउने भएकाले सबैको भलोको कामना सहित यो कार्यक्रम आयोजना गरिएकाे अध्यक्ष यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *