रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज २५, बिहीवार

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं १ बखरीमा गएराती ४ सय ५० किलोग्राम गाजा प्रहरीले बरामद गरेको छ ।
जलेश्वर बजारदेखि बखरी जाने बाटोमा राति करिब २ बजेको समयमा ना.६ख. ७३७४ नम्बरको ट्रकलाई चेकजाच गर्ने क्रममा फल्स बटन बनाई लूकाई छिपाई २७ वटा पोकामा गरि ४५० किलोग्राम गाजा प्रहरीले बरामद गरेकाे छ।
ट्रक र ट्रकका सहायक चालक २२ बर्षिय विशाल थिङ जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको डिएसपी दिलिप कुमार गिरीले बताए।