मुलुक डेस्क, काठमाडौं । २०८० असोज २४, बुधवार

विश्वकप क्रिकेटमा भारतले अफगानिस्तानमाथि सानदार जित हात पारेको छ ।

दिल्लीमा जितका लागि पाएको २७३ रनको लक्ष्य घरेलु टोली भारतले खेल सकिन १५ ओभर बाँकी छँदै २ विकेट गुमाएर जित हात पारेको हो ।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ‌ओभरमा ८ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । उसका लागि हसमतुल्लाह शाहिदीले ८० र अजमातुल्लाह ओमरजाईले ६२ रन बनाए ।

भारतलाई ८ विकेटले जिताउने क्रममा कप्तान रोहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाए । उनले ६३ बलमा १०० रन पूरा गर्दै १३१ रन बनाएका थिए ।

कप्तान रोहितको एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा यो सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडेका छन् । सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *