रामपुकार साह, महोत्तरी । २०८० असोज २३, सोमवार

महोत्तरीमा ट्राफिक प्रहरीदले जलेश्वर बस स्टैण्डमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । ट्राफिक प्रहरी महोत्तरी जलेश्वरका ईन्चार्ज प्रहरी नायव निरिक्षक प्रदीप शंकर प्रसादको नेतृत्वमा जलेश्वर वडा नम्बर १, जलेश्वर बस स्टैण्डमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो ।

बिजया दशमी, दिपावली तथा छ्ठ पर्वको शुभकामनासंगै यात्रुलाई सहयोग र जानकारी गराउने उदेश्यले बस स्टैण्डमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको ईन्चार्ज प्रसादले बताए । यसका साथै यात्रुको उजुरी र समस्याको लागि महोत्तरी ट्राफिकले विभिन्न नम्बरहरु पनि उपलब्ध गराएको छ ।