मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार

राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज कुमार झाले आज एक प्रेस वक्तव्य जारी गर्दै दुर्गा प्रसाईं माथी भएको आक्रमणको निन्दा गर्नुको साथै संलग्नमाथि कडा कारवावाहीको माग गरेका छन् । झाले जारी गरेको प्रेस वक्तव्य अनुसार,
“भत्सर्ना एवम् निन्दा वक्तव्य” अन्तर्गत ब्याप्त सम्पूर्ण बेथिति विरुद्ध देश ब्यापी रुपमा अभियान संचालन गरिरहेका देशभक्त अभियानी दुर्गा प्रसाईंमाथि आज काठमाडौंको ऐल्लो पगोडा होटल प्राङ्गणमा प्रहरी प्रशासनकै अगाडि भएको अमानवीय अभद्र गैरराजनीतिक भौतिक आक्रमण एवएवम् कु-कृत्य र त्यहाँ लगाइएको नाराले सिंहदरबार कब्जा गरि सत्तामा हालीमुहाली गरिबसेका भ्रष्टाचारी देशद्रोही जनतामारा देशबेचुवा लूटेराहरुको झुन्डको र नेपाल, नेपाली, नेपालीपना मास्ने वर्तमान राज्य ब्यवस्थाको वास्तविक मुखौटा उदाङ्गो हुनुका साथै यो आइसिसियुको भेन्टिलेटरमा पुगिसकेको ब्यवस्थाले अन्तिम सास गनिरहेको तथ्य सहजै बुझन सकिन्छ। आज दुर्गा प्रसाईंमाथि गरिएको अमानवीय अभद्र गैरराजनीतिक भौतिक आक्रमण एवं कु-कृत्यको जति निन्दा र भत्सर्ना गरेपनी त्यो कम नै हुन्छ भन्ने हाम्रो, हाम्रो संगठन र आम मुक्ति कामी देशभक्त राष्ट्रवादी नेपाली मन र जनको बुझाइ छ । साथै उक्त कु-कृत्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा संलग्न जोकोही, जुनसुकै तहका ब्यक्ति – गिरोह भएपनि त्यसलाई तत्काल हिरासतमा लिई हदैसम्मको कडा भन्दा कडा कार्यवाहीको जोडदार माग गर्दछौं ।

वर्तमान राज्य ब्यवस्था र यसका ब्यवस्थापकका विरुद्ध देशैभरी आम मुक्ति कामी देशभक्त राष्ट्रवादी नेपाली मन र जनहरुको तिब्र ध्रुवीकरणले आत्तिएका लन्ठुहरु होसियार, जनताको शक्तिलाई चुनौती दिने दुस्साहस नगरेकै बेस ।

साथसाथै, भविष्यको सुक्ष्म विश्लेषण गर्दै सम्पूर्ण आम मुक्ति कामी देशभक्त राष्ट्रवादी नेपाली मन र जनहरु एवं मुद्दा, लक्ष्य, उद्देश्य मिल्ने सम्पूर्ण देशभक्त राष्ट्रवादी राजनीतिक दल – अभियान – अभियानकर्मी – नेतृत्वकर्मीहरु लाई तत्काल एकजुट हुन र संयुक्त मोर्चा बनाइ “अन्तिम निर्णायक संघर्षको शंखनाद” गर्न हार्दिक अपील गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *