मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार

मुलककै पुरानो र मजबुत पार्टी नेपाली काङ्ग्रेसको यूवा संगठन नेपाल तरुण दलको केन्द्रिय कार्य समितिका सदस्यहरुको लागि प्रतिज्ञा सभाको आयोजना गरिएको छ ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादको लागि यूवाहरुले विशेष योगदान गर्ने समय आएको उक्त कार्यक्रममा सहभागी तरुणहरुको भनाई थियो । नयाँ र यूवा पुस्ताको खोक्रो खोल ओडेर इतिहास देखि नागरिक स्वतन्त्रता र लोकतन्त्रको लागि लडेका काङ्ग्रेस लागायतका लोकतान्त्रिक पार्टीमाथि विभिन्न तत्वहरु हावी हुनथालेकाले त्यसको प्रतिकार स्वरुप अब नेपाल तरुणदलले आवश्यक कदम लिने तरुण नेता हरुको भनाई थियो ।

देशभरबाट काठमाडौंमा भेला भएका नेपाल तरुण दलका केन्द्रिय समितिका सदस्यहरुलाई पार्टी आर्दश, सिद्धान्त र तरुण भूमिकाको वारेमा प्रतिवद्धता गराउदै प्रतिज्ञा पत्रमा हस्ताक्षर गराइएको थियो ।

तरुण नेता रंजित सिंहले यो सभावाट तरुणदलमा नयाँ उर्जा थपिएको बताउनु भयो । अव नेपाल तरुणदले नेपालको लोकतन्त्रलाई बलियो वनाउँदै समृद्धिको यात्रामा लाग्न विशेष भूमिका खेल्ने गरि कार्ययोजना ल्याउने नेता सिंहले बताउनु भयो । उहाँले विपि कोइरालाले लिएको समाजबादको परिकल्पनालाई लोकतन्त्रको संस्थागत विकास र न्यायोचित भौतिक विकास मार्फतमात्र सम्भव हुने जिकिर गर्नु भयो । अहिले देशमा राजनैतिक परिवर्तको अध्याय पुरा भएकोले आर्थिक समृद्धिको अभियान थाल्ने समय आएको वताउँदै यसको नेतृत्व पनि नेपाली काँग्रेसको यूवा पुस्ताले गर्ने बताउनु भयो । काङ्ग्रेससंग इतिहास छ, काँग्रेससंग अनुभव छ त्यसैले देशको मुहार फेर्ने ताकत पनि काङ्ग्रेससंगै रहेको पूर्वाधार क्षेत्रको विज्ञ एवम् तरुण नेता रंजित सिंहको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *