मुलुक डेस्क, काठमाडौं । २०८० असोज २२, सोमवार

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा भारतले जितेको छ । भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको थियो । त्यसपछि भारतीय टोली ब्याटिङमा निस्कँदा शीर्ष क्रमले अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेन । बिरामी शुभमन गिलको स्थानमा आएका ओपनर इशान किशनलाई मिचेल स्टार्कले पहिलो ओभरमै आउट गरेका थिए ।

अर्को ओभरमा जोस हेजलवुडले पहिले कप्तान रोहित शर्मा र त्यसपछि श्रेयस अय्यरलाई आउट गरे। यी तीन ब्याट्सम्यानले कुनै रन बनाउन सकेनन् ।

तर, यसपछि पिचमा आएका केएल राहुल र विराट कोहलीको शानदार ब्याटिङ गर्दै भारतीय टीमलाई जित तर्फ अग्रसर गराए। दुवैले मिलेर १५० रनको साझेदारी गरे । विराट कोहली ८५ रन बनाएर आउट भए । त्यसपछि हार्दिक पाण्ड्या पिचमा आए र ११ रन बनाए । जहाँ केएल राहुलले ११५ बलमा अविजित ९७ रन जोडे । अब भारतको अर्को खेल बुधबार अफगानिस्तान संग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *