रामपुकार साह, महोत्तरी । २०८० असोज २१, आइतवार

महोत्तरीमा ट्राफिक प्रहरीद्वारा ट्राफिक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी महोत्तरी जलेश्वरका ईन्चार्ज प्रहरी नायव निरिक्षक प्रदीप शंकर प्रसादको नेतृत्वमा जलेश्वर वडा नम्बर ७, बख्रीको राताे पुल नजिकै सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक प्रयोगकर्ताहरुको लागि ट्राफिक सचेतना मुलक कार्यक्रम संचालन गरिएको प्रहरीको भनाइ रहेको छ । चाडपर्व नजिकिदै गर्दा सर्प्राइज चेकिङको रुपमा यो अभियान थालिएको प्रहरी हवल्दार पशुपति झाले बताए । भारतबाट रक्सीको खोजीमा युवाहरू अधिकतर आउने, हेल्मेट नगाउने, तिनचार जना एउटै मोटरसाइकलमा सवार हुने, लेनमा नचलाउने, ब्लु बुक नबोक्ने, लाइसेन्स नहुने वा नबोक्ने, आदि ट्राफिक नियम पालन नगर्ने घटना बढेकोले चेकचाज गरेको झाले बताए ।