मुलुक डेस्क, काठमाडौं । २०८० असोज १९, शुक्रवार

नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऎरीलाई नेपाल पुलिसले विशेष बढुवा गरेको छ । १९ औं एशियन गेम्समावविश्व कीर्तिमान रचेको ऎरीलाई प्रहरी जवानबाट विशेष बढुवा गर्दै हवल्दार बनाइएको छ ।

सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनमा सञ्चालन भई रहेको “१९ औं एशियन गेम्स” मा राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरू लाई सम्मान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो आयोजित कार्यक्रममा ऎरीलाई विशेष बढुवा प्रदान गर्नुका साथै कुशल भुर्तेल, सागर ढकाल र करण के.सी. लाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्मान गरेको थियोे ।

नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र ऐरीले सेप्टेम्बर २७ मा भएको टी-२० अर्न्तराष्ट्रिय क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व कीर्तिमान् रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको हुँदा ऐरीलाई विशेष बढुवा सहित सम्मान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *