मुलुक डेस्क, काठमाडौं । २०८० असोज १९, शुक्रवार

यातायात व्यवसायीले दसैंका लागि २२ गते सोमबारदेखि बस टिकटको अग्रिम बुकिङ खोल्न सहमत भएका छन्।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा भएको छलफलमा असोज २२ गतेदेखि बसको अग्रिम टिकट खोल्ने सहमति भएसंगै सोमबारदेखि नयाँ बसपार्क लगायतका क्षेत्रबाट अग्रिम टिकट बिक्री सुरु हुनेछ।

यसैगरी अनलाइनबाट पनि दसैंका लागि अग्रिम बुकिङ खुला भएकै दिनबाट टिकट काट्न सकिनेछ। बससेवा डटकमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने जनाएको छ। राजधानीबाट दसैं मान्‍न करिब १० लाख नागरिक उपत्यका बाहिर जाने गरेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *