रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज १७, बुधवार

नेकपा एकीकृत समाजवादीले मेची-महाकाली समाजवादी जागरण अभियान २०८० सुरु गरेको छ । अभियान झापाको काकडभिट्टाबाट असोज १४ बाट सुरु भएको हो र आज चौथो दिनमा मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको जलेश्वर आईपुगेको छ ।

नेकपा समाजवादीलको अध्यक्ष माधव नेपालले देशको वर्तमान अवस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटर लामो अभियान सुरु गरेको बताए ।
नेकपा एकीकृत समाजवादीले चौथो दिनसम्मको यात्रामा मधेश प्रधेशको राजधानी जनकपुरधाम हुदै जलेश्वरसम्मको यात्रा तय गरेको छ ।यो अभियान अवधिमा स्वतन्त्र र विभिन्न पार्टीका गरि एक हजारभन्दा धेरै नेता कार्यकर्ता पार्टीले भित्र्याएको छ ।

अभियानमा पार्टी अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता एवम् पुर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष, महासचिव लगायतको सहभागिता रहेको छ ।