प्रेमचन्द्र झा, रौतहट । २०८० असोज १४, आइतवार

रौतहटको गौरमा होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार गौरको सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबै दाेषि नरहेको घटना बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढिकाे संख्यामा रहेका दर्शकहरु भागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *