मुलुक डेस्क, काठमाडौं । २०८० असोज १४, आइतवार

अन्तर नगरपालिका क्रशकन्ट्री दौड प्रतियोगिताको १० किमि सिनियर महिला प्रतिस्पर्धामा मनरा शिसवा नगरपालिका तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा तथा नेपाल नगरपालिका संघको समन्वयमा असोज १३ गते चन्द्रागिरी नगरपालिका थानकोट, काठमाडौंमा सम्पन्न भएको अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा सिनियर १० किलोमिटर महिला तर्फ मनरा शिसवा नगरपालिकाबाट सहभागी रागनी कुमारी, निशा कुमारी र पृति कुमारी ठाकुरको समुहले तृतीय स्थान ल्याउन सफल भयो ।

नगरपालिका संघ नेपालको अध्यक्ष भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगितामा मनरा शिसवा नगरपालिकाका खेलाडी समूहले मेडल सहित प्रमाण पत्र र १२ हजार रुपैयाँ नगद प्राप्त गरेको थियोे ।

