मुलुक डेस्क, काठमाडौं । २०८० असोज १३, शनिवार

साफ-यू १९ च्याम्पियनसिपको उपाधि भारतले तेस्रोपटक हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३-० ले हराउँदै भारत लगातार तेस्रो पटक(ह्याट्रिक) च्याम्पियन बनेको हो।

यसअघि सन् २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो। भारतलाई जित दिलाउन सुरुवाती दुवै गोल मागेथाङ किपगेनले गरे। अर्को गोल गोगोसर गोएरीले गरेका थिए।

पहिलो गोल ६४ औं मिनेटमा गरेका उनले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत भएको हो। गोगसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए।

यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो। भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *