मुलुक डेस्क, काठमाडौं । २०७९ असोज ०२, आइतवार

विशेषगरी मिथिलाञ्चलमा महिला व्रतालुहरुले मनाउने जितिया पर्वको सुखद अवसरमा राजपूत समाज नेपालद्वारा काठमाडौंमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । पुतलीसडकमा अवस्थित होटेल शिव तिरुपतिमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य महिला सहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

जितियाको अवसर पारेर आयोजित उक्त कार्यक्रम भाद्र २९ गते बुधवार सम्पन्न भएको जानकारी राजपुत समाजका उपाध्यक्ष श्रीमती रेणुका सिंहले बताइन् । काठमाडौंमा बसेर विभिन्न पेशामा आवद्ध महिलाहरु लाई जितियाको अवसर पारेर एक ठाँउमा भेला गरि समाजलाई जोडने र सहकार्य गर्ने मुल मर्मका साथ यो कार्यक्रम गरिएको समाजका अध्यक्ष बिजय कुमार सिंहले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष र महिला उपाध्यक्षसंगै अर्का उपाध्यक्ष उमेश कुमार सिंह, महासचिव संजीव सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह र केन्द्रिय सदस्य अभिमन्युकुमार सिंह, धनन्जयकुमार सिंह तथा अतिथि जङ्गबहादुर सिंहको सहभागिता रहेको थियोे ।

शुभकामना आदान प्रदान कार्यक्रममा मधेशी आयोगका सदस्य श्रीमती आभासेतु सिंह, रामराजा प्रसाद सिंह स्मृति प्रतिष्ठानका सदस्य श्रीमती सुमन सिंह, प्राध्यापक निलिमा सिंह, रिना सिंह, भावना सिंह, प्रतिभा सिंह, मेनका सिंह, ममता सिंह, सन्जना सिंह, रुबी सिंह, बेबी सिंह, प्रणिता सिंह, पल्लवी सिंह, प्रियंका, किरण, उज्याला, विजेता सिंह लगायतको उपस्थिति रहेको थियो ।
