रमेश लुइँटेल, काठमाडौं । २०८० असोज १२, शुक्रवार

पशुपतिनाथ प्राङ्गणमा शंकास्पद नम्बर प्लेटको गाडी (स्कुटी) देखा परेको छ । चाइनिज जस्तै देखिने नम्बर प्लेट को वाएरलेस जडान गरिएको एन्टिनासहितको स्कुटर पशुपतिनाथ प्राङ्गणमा देखिएको छ । तर एकैछिनमा फेरि दुइतीन जनाको हुल आएर हतार हतार स्कुटर लिएर भागे ।
स्थानीय केही दर्शकोको अनुसार नेपालमा चाइनीजको नांगो हस्तक्षेप भएको बताए । यो कतै नेपालको लागि घातक त हैन ?
एन्टिना युक्त स्कूटर कसले र किन आराध्यदेव पशुपतिनाथको मन्दिर प्राङ्गणमा ल्याए न प्रशासन न त सरकारले केही प्रष्ट पारे ।
नेपालमा नेपाली र भारतीय नम्बर प्लेटको गाडी बाहेक कसरी अन्य तेस्रो मुलुकको गाडी आउँछ? के नियम छ र कस्तो नीति छ? सरकार र प्रशासनले बेलैमा प्रष्ट पारे केही अनिष्ट हुनबाट जोगिनेछ कि?