मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०९, मंगलवार

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छ्न् ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ मधेपुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य डा. सीके सिंह र जनमत पार्टी सप्तरी इन्चार्ज राम गमन साहले नव प्रवेशी नेताकार्यकर्तालाई टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।यसै अवसरमा नवप्रवेशीहरुलाई पार्टीको सदस्यता समेत वितरण गरिएको जानकारी नेता डा. सिंहले गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *