मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०८, सोमवार

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज पदाधिकारी सहित केन्द्रीय कार्यसमिति बिस्तार गरेको छ।
लोसपा नेपालले बैठकद्वारा ३११ सदस्यीय बिस्तारित केन्द्रीय कार्यसमितिको नामावली प्रकाशित गरेको छ । लोकतान्त्रिक समाजबादी पार्टी नेपालको राष्ट्रिय अध्यक्षमा महन्थ ठाकुर यथावत रहेका छन् । बिस्तारित केन्द्रिय पदाधिकारी मनोनयनमा वरिष्ठ नेतामा राजेन्द्र महतो, शरद सिंह भण्डारी र अनिल झा को नाम रहेको छ । यसैगरी वरिष्ठ सह-अध्यक्षमा सर्वेन्द्र सुक्लाको नाम रहेको छ ।
३११ सदस्यीय एकजना अध्यक्ष, वरिष्ठ नेतामा ३ जना, वरिष्ठ सह-अध्यक्षमा एकजना, वरिष्ठ उपाध्यक्षमा ६ जना, उपाध्यक्षमा १५ जना, महासचिवमा १६ जना, सह-महासचिवमा ८ जना, सचिवमा ११ जना (प्रवक्ता सहित), सह-कोषध्यक्षमा १ जना र बाकी केन्द्रिय सदस्य रहेको छ ।
मधेश प्रदेश सदस्यद्वय महोत्तरीका रानी तिवारी उपाध्यक्षमा, महासचिवमा अभिराम शर्मा लगायत मनरा शिसवाको पूर्व मेयर तथा लोसापा नेपालको नगर संयोजक संजय कुमार सिंह लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

