रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०८, सोमवार

“पुर्व प्रशासकीय अधिकृत रन्जित यादवको हाजिरीको अनावश्यक विवाद रहेको मेयरको तर्क । मन्त्रालयबाट वर्तमान अधिकृत माधवेन्द्र चौधरीको सरुवा अथवा यादवको हाजिरी सम्बन्धि पालिकालाई कुनै जानकारी नभएको मेयरको स्पष्टीकरण ।”
मधेश प्रदेशमा पर्ने महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिकाका पुर्व प्रशासकीय अधिकृत रन्जित कुमार यादवको बरबुझारतको विषयलाई लिएर पालिकाभित्र विवादको अवस्था रहेको खुलेको छ ।
करिब ६ वर्षभन्दा बढी समय मनरा शिसवा नगरपालिमा विताइसकेका यादवलाई जबर्जस्ती काङ्ग्रेसखेमा भित्रको केही असन्तुष्ट नेता र कार्यकर्ता लागि परेको खुल्न आएको छ । विगतको हिसाब किताब मिलान गर्न लगायत उनीहरुको अनुकुल कार्य गरिदिने सर्तमा यो विषयलाई एकतर्फी विवादमा ल्याइएको स्थानीय धेरैको ठहर छ । स्थानीयका अनुसार र स्रोतको दावा अनुसार मेयर निर्वाचित भए पश्चात् भनेजस्तो जागिर, योजना, ठेक्कापट्टा र मान आदर नगरेकोले बिरोधमा उत्रेको विरोधीखेमाको गुनासो रहेको छ।
सरुवा र हाजिरी सम्बन्धमा पुर्व मेयरले आफुलाई कुनै जानकारी नरहेको प्रष्ट पारेका छन् । स्थानीय पनि अन्यौलमा रहेको अवस्थामा केही सिमित व्यक्तिको स्वार्थका कारण यो मुद्दा र पालिका बिबादित बन्न गएको बहुसंख्यक स्थानीय र जनप्रतिनिधिको भनाइ रहेको छ ।
यो विषयमा रन्जित यादवसंग विगत विगत १५ दिनदेखि सम्पर्क गर्दा बल्ल उनले आज केही खुलासा गरेका छन् । उनको भनाइ अनुसार म संग सरुवाको पत्र रहेको छ तथापि बेरुजुको बहानामा हाजिरी हुन नदिएको गुनासो रहेको छ । यद्यपि यादवले त्यो पत्र बारेमा मेयर अनभिज्ञ रहेका छन् । यसैगरी बहालवाला अधिकृत चौधरीले पनि सरुवा नियमित प्रक्रिया भएकोले मन्त्रालयको पत्र र मेयरले रवाना लिएर जाउ भनेमा मेरो कुनै आपत्ति नरहेको बताए । नियम र कानुनपुर्वक कार्य गर्दा म माथी इक्कादुक्काले जातसमुदाय, पिसि र रुखो व्यवहार गरेको आरोप लगाएको बताउँछन् ।
यो विषयमा मुलुक टाइम्स निरन्तर मेयर, पुर्व मेयर, माधवेन्द्र चौधरी, रन्जित यादव, सत्तापक्षको संतुष्ट र असन्तुष्ट नेता कार्यकर्ता, विपक्षी सहित स्थानीयसंग सम्वाद र प्रमाणको आधारमा समाचार तयार पार्दै आईरहेको छ । रिपोर्टिङको क्रममा प्रत्येक पक्षले आ-आफ्नो किसिमले मिडियाको मुल्यांकन गर्नु स्वाभाविक हो । तथापि हाम्रो अभियान जारी रहनेछ ।
(नोट: जे छ, त्यो लेख्ने र प्रसारण गर्ने हो । प्रत्येकले आफ्नो कुरा प्रमाण र तर्कको आधारमा राख्ने हो, मुलुक टाइम्सले समान स्थान दिन तयार छ। “समाचार सबैका लागि, सधैंका लागि” – सम्पादक ।)