रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०७, आइतवार

महोत्तरीको जलेश्वर नगरपालिकामा अख्तियारको नियमित अनुगमन भएको छ । प्रत्येक पलिकामा हुने नियमित प्रक्रिया अन्तर्गत अख्तियार आयोग बर्दिबास कार्यालयबाट नियमित अनुगमन मात्र भएको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले मुलुक टाइम्ससंगको कुराकानी मार्फत पुष्टि गरेका हुन् ।

सामाजिक संजालमा फैलाइएको खबर अनुसार नगरपालिकामा छापा मारिएको खबर झुठो र भ्रामक रहेको पालिका स्रोतले जनाएको छ । यो संगै कार्यालयमा छापा वा कुनै प्रकारको कागजात अख्तियारले नलगेको पनि जानकारी स्रोतले गराएको छ।

muluktimes #Mahottari #Jaleshwor #municipality

Leave a Reply

Your email address will not be published. Required fields are marked *