मुलुक डेस्क, काठमाडौं । २०८० असोज ०६, शनिवार

सन् २०२३ को विश्वकपअघि भारतीय टोलीले नयाँ इतिहास रच्दै क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी-२० मा एकैसाथ नम्बर १ बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो ।
पहिलो पटक भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने गौरव प्राप्त गरेको हो । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो।
यो खेल जितेर भारतले आफ्नो वरियतामा ११६ अङ्क बढाएर पाकिस्तान (११५) लाई पछि पार्दै नम्बर १ टोली बनेको छ भने अस्ट्रेलिया १११ अङ्कसहित तेस्रो स्थानमा छ ।
#muluktimes #cricket #sport