रोशन कुमार मिश्र, महोत्तरी । २०८० असोज ०४, बिहिवार

महोत्तरीको मनरा शिसवा नगरपालिकाको बथनाहामा “फ्री हेल्थ कैम्प” अर्थात नि:शुल्क स्वास्थ्य शिविर उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
असोज १ देखि ४ गतेसम्म चलेको “फ्री हेल्थ कैम्प” मा करिब ३ हजारले स्वास्थ्य परिक्षण गराएको थियोे । वडा नं. ९, बथनाहा स्वास्थ चौकीमा सम्पन्न हेल्थ कैम्पमा नि:शुल्क परिक्षण गरिनुका साथै नि:शुल्क औषधि पनि वितरण गरिएको थियो ।

कैलाश मेडिकल फाउण्डेसन र द स्मल वल्डको आयोजनामा एवम् जे एण्ड जे हेल्थ एकाडेमीको सहयोग तथा बथनाहा वडाको सहकार्यमा “फ्री हेल्थ कैम्प” सफलतापुर्वक संचालन भएको वडा अध्यक्ष शशि भुषण झा ले बताए । कार्यक्रमको सफल संचालन मनरा स्वास्थ्य शाखा प्रमुख राम चन्द्र यादवले गरेका थिए ।
विभिन्न किसिमका परिक्षण, परामर्श र रिपोर्ट सहितको सेवा उपलब्ध गराउन सफल यो कैम्पले नगरपालिकामा स्वास्थ्यप्रति जनचेतनाका साथै सजकता र जागरुक पनि बनाएको समापन समारोहका सभापति तथा मनरा शिसवाका मेयर मोहन पाण्डेयले बताए ।

बथनाहाकै स्थानीय मुलवासी डा. रोशन झाले यस्तो खाले कैम्प गर्नु जनताको स्वास्थ्य र मानवताको मर्म बुझ्नु रहेको बताए । भविष्यमा शिविरको आयोजना बढी समयको लागि विभिन्न ठाँउमा गर्न पाए अझ सार्थक हुनेछ । कार्यक्रममा अमेरिका, क्यानाडा, भारत लगायतका विशेषज्ञ चिकित्सकले उपचार गरेको थियो । ५० जनाको जम्बो टाेलीले ४ दिनसम्म खटेर कार्यक्रम सफल बनाएको कैलाश फाउण्डेसनका अध्यक्ष योगेश भक्तले जानकारी गराए ।
समापन कार्यक्रममा मेयर मोहन पाण्डेय, उपमेयर शकुन्तला देवी, प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरी, द स्मल वल्डका सनम शेर्पा लगायत चिकित्सक टोलि र स्थानीयको उपस्तिथि रहेको थियो ।
