रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र ३०, शनिवार

महोत्तरीको एकडारामा ५९ ओँ राष्ट्रिय बालदिवस हाजिरी प्रतियोगिता गरी मनाएको छ । सो अवसरमा एकडारा गाउँपालिकामा बालबालिकाबीच गाउँपालिका स्तरीय हाजरी जवाफ प्रतियाेगिताको आयोजना गरिएको थियोे ।

प्रतियोगितामा ७ वटा विद्यालयका कुल २१ विद्यार्थीको सहभागिता रहेको थियोे । भाग लिने सम्पुर्ण प्रतियोगीहरु कक्षा ७ र ८ मा अध्ययनरत रहेका थिए । प्रतियोगितामा कुल ७० प्रश्न सोधिएको थियो जसमध्ये ६१ प्रश्नको सहि उत्तर आएको थियोे ।

प्रतियोगितामा कुल १४ अंक सहित जनता मावी कोल्हुवा प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो भने ११ अंक सहित मुनरी अ.वि.भटाैलिया दोस्रो र १० अंक सहित मावि एकडारा बेला तेस्रो भएको थियो ।

प्रतियोगिता एकडारा गाउँपालिकाको अध्यक्ष दीप नारायण मण्डलको अध्यक्षतामा भएको थियो भने उपाध्यक्ष महजबी खातुन, जनप्रतिनिधि, पालिका कर्मचारी, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा तपसीलका विधालयहरुले निम्न स्थान हासिल गर्न सफल भएका छन:
(प्रथम) जनता मा.वि. काेल्हुवा एकडारा-६
(दाेस्राे) मुनरी अ.वि.भटाैलिया एकडारा-३
(तृतीय) मा.वि.एकडारा बेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *