रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २९, शुक्रवार

मनरा अस्पतालको दुर्दशा । लापरबाही र घोटालाको अर्को नमुना । निर्माण म्याद सकिए पश्चातको प्रगति विवरण । अचम्म छ: तथ्यांक हेर्दा तर पालिका, नागरिक र अनुगमन निकाय किन मौन छ? खबरदारी पत्रकारिताको धर्म र मर्म दुबै हो । सतर्क र सजग हुन जरुरी देखिन्छ । बाकी नेपालको कानुन दैबले जानुन !

मनरा अस्पताल बनाउनका लागि तत्कालीन मेयर संजय कुमार सिंहर उनका परिवारले १२ कठ्ठा जग्गा दान गरेका थिए । दुई वर्षभित्र १५ शैयाको अस्पताल बन्ने गरि वल्ड वाइड इन्फ्रास्ट्रक्चर एस एण्ड बि जे.भि. सामाखुसी, काठमाडौंकाे कम्पनीसंग कुल १४ करोड ४८ लाख ५८ हजार ७ सय ४० रुपैयाँमा नगरपालिकाले सम्झौता गरेको थियो । यधपी कोभिड र अत्याधिक वर्षाका कारण थप एक वर्ष समय थपिएको थियोे । वावजुद २९ महिनामा देखिएको प्रगति देश र नागरिकसामु प्रष्ट छ ।

भुक्तानी र समय लगायतको विषय पाटन उच्च अदालतमा चल्दै गरेको थियो । फैसला आएको जानकारी सुन्नमा आए पनि के कस्तो निर्णय भएको हो सोको जानकारी प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले गराएका छैनन् । वर्ष दिनको घामपानीले छड र रडमा खिया लागिसकेको छ । समय र पैसाको जोखिम पनि बढदो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *