रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २५, सोमबार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिका तथा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा खटिन इच्छुक नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले आफ्नो अद्यावधिक वैयक्तिक विवरणसहित भदौ २८ गतेसम्म मन्त्रालयमा निवेदन दिइसक्नुपर्ने जनाएको हो ।
रिक्त स्थानीय तहको प्राथमिकतासहित कामकाजमा खटिन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखामा वा शाखाको इमेलमा निजामती सेवा नियमावली २०४९ को अनुसूची नौ बमोजिम निवेदन पेस गर्न सूचना जारी गरिएको हाे ।
उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा चार बमोजिम मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत कामकाजमा खटाउने व्यवस्था रहेको छ ।
त्यसै व्यवस्था अनुसार रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाजमा लाग खटिन इच्छुक र एउटै निकाय तथा कार्यालयमा न्यूनतम अवधिभन्दा बढी अवधि कार्यरत रहेका कर्मचारीले निवेदन दिन सक्ने छन् ।