रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २४, आइतबार

महोत्तरी मनरा शिसवा नगरपालिकाका समाजसेवी राम स्वार्थ सिंह “महन्त जी” को ३२ औं पुण्यतिथि मनरामा मनाइएको छ ।

“महन्त जी” को उपनामले सर्वाधिक चर्चित रहेका सिंह एक कुशल प्रसाशक, नेता र समाजसेवीको रुपमा आफ्नो पहिचान कायम गरेका थिए । सिंह मनरा शिसवा नगरपालिकाको प्रथम मेयर संजयकुमार सिंह “मुन्नाजी” का पिता हुन् ।

वि.सं. २०२२ सालमा राम स्वार्थ सिंह मनरा पन्चायतका प्रधानपञ्च थिए । यसैगरी ससौला बाँध नहर किसान संगठनका सभापति समेत रहेका थिए । पन्चायतमा अत्यन्तै लोकप्रिय र न्यायप्रेमीको रुपमा परिचित रहेका सिंहले त्यतिबेला जलेश्वर खैरबनी सडकखण्डमा बस संचालन देखि गरिबगुरुवाका लागि आर्थिक मद्दत समेत गर्ने गर्द्थे ।

कडा स्वभाव तर नरम दिलका सिंह अत्यन्तै दयालु प्रबृतीका थिए । शिक्षा र कला साहित्यमा बिशेष रुचि राख्ने सिंहले श्री दुर्गा मावी मा आफ्नी आमाको नाममा दुई कोठे भवन समेत निर्माण गर्न लगाएका थिए ।
विभिन्न नाट्य कला परिषद संग आबद्ध रहेर चेतनामूलक र शिक्षामूलक कार्यक्रम पनि गर्ने गर्दथे । उनकै निवासमा उनका परिवार र नगरवासी मिलेर आज सिंहको ३२ औं पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *