मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २४, आइतबार

नेपाल क्यान्सर अस्पतालले ‘फिजियोथेरापी दिवस २०२३’ मनाएको छ। हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन मानाइने फिजियोथेरापी दिवश दिवश नेपाल क्यान्सर हस्पिटलमा पनि मनाइएको हो।

सन् २०२३ को विश्वभरि फिजियोथेरापी दिवसको नारा “एक्सर्सिङ यिथ आर्थराइटिस” अर्थात आर्थराइटिस र व्ययामसंग जोडेर विश्वभरि फिजियोथेरापी दिवस मनाइदैछ। आर्थराइटिस विरुद्धमा जनचेतना फैलाउने र रोकथामका उपायहरू फैलाउने उद्देश्यले सन् २०२३ को यस दिवस केन्द्रित छ। दिवसका अवसरमा नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियोथेरापी विशेषज्ञ डा. राजेन्द्र खत्रीले फिजियोथेरापी भौतिक चिकित्सा विधा भएको बताउदै हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी हुने बताए। शरीरको पोस्चरमा परिवर्तन हुदा समग्र रूपमा शरीरमा कस्तो प्रभाव पर्छ र यसले उच्च रक्तचाप लगायतका समस्या कसरी निम्त्याउछ भन्ने विषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिरामी हरुलाई फिसोयोथेरापीको महत्व बारे चर्चा गरेका थिए। हस्पिटलका मेडिकल डाइरेक्टर डा. बिजेश राज घिमिरेले धन्यबाद ज्ञापन गर्दै नेपाल क्यान्सर हस्पिटल फिजियोथेरापी युनिटले उत्कृष्ट सेवा गरेकोमा सरहाना गरेका थिए। हस्पिटलमा फिजियोथेरापी सेवा लिएका बिरामीहरुले आफ्नो अनुभव बाडेका थिए। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको कार्यक्रम संचालन मार्केटिंग मेनेजर स्मिता बमले गरेकी थिइन्।

फिजियोथेरापी दिवसको पृष्ठभूमि विभिन्न मांसपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यास वाट विमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरूको सीप अनि अध्ययनको आवश्यकता पर्दछ। यसै आवश्यकतालाई ध्यानमा राखेर हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ।

सन् १८१३ मा स्विस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन्। त्यस संस्थाले विश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात् मालिस, सुधारात्मक व्यायाम अनि अन्य कसरतहरूको सुरुवात गरेको हो। त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टर सोसाइटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनेँ फिजियोथेरापीको प्रथम कलेज भनेँ अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो। प्रथम विश्वयुद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको सुरुवात भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *