रमेश लुइँटेल, काठमाडौं । २०८० भाद्र २४, आइतबार

सर्लाही जिल्ला धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साहले किर्ते नागरिकता मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ।
साहलेले आफ्नो आवस्यकता अनुसार दोहरो नागरिकता बनाएकोमा अदालतको परमादेश अनुसार प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
गाउँपालिका अध्यक्ष साहको पहिलो नागरिक्ता नम्बर २१७ मा जन्म मिति २००१/०१/१० उल्लेख रहेको छ भने १९-०१-७३-०८६३६ नम्बर रहेको दोस्रो नागरिकतामामा जन्म मिति -२०११/०१/१० उल्लेख रहेको छ ।


एउटै व्यक्तिले दुई पटक फरक फरक जन्ममिती राखेर नागरिकता लिनु अपराध होइन र? किर्ते गरेको आरोपमा जिल्ला अदालतबाट अनुमति लिई ईलाका प्रहरी बरहथवाबाट यहि भाद्र २२ गते शुक्रवारको दिन पक्राउ पुर्जी जारी गरिएको हो । गाउँपालिका अध्यक्षसंगै सिफारिस गर्ने र नागरिकता बनाउने अधिकृतमाथी पनि मुद्दा चलाई सजायको भागिदार हुनु पर्ने स्थानीयबासीको भनाई रहेको छ।
