रोशन कुमार मिश्र, महोत्तरी । २०८० भाद्र २१, बिहिवार

एकडारा गाउँपालिका-३, अजरमरपट्टीमा अवस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा श्री मध्य पुर्वी पृतना हेडक्वाटरको अवधारना अनुसार श्री रणभीम गण, प्रकौली ब्यारेकले “One unit One School Support” अन्तर्गत नि:शुल्क स्वास्थ्य सेवा संचालन गरेको छ । यो कार्यक्रम अन्तर्गत कुल ३४५ जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको थियो ।
प्रत्येक महिना एक/ दुईवटा विद्यालयमा नि:शुल्क स्वास्थ्य सेवा आयोजना गर्दै आएको श्री रणभीम गणले गरेको यो कार्यक्रममा
एकडारा गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय जलेश्वर, प्रादेशिक अस्पताल जलेश्वर, फिल्ड अस्पताल बर्दिबासको सहकार्य रहेको थियोे । श्री रणभीम गणले यसको साथसाथै सरसफाइ, बृक्षारोपन, फर्निचर मर्मत, सीपमूलक तालिम, हाजिरी जवाफ प्रतियोगिता, स्टेशनरी र खेलकुद सामाग्री समेत वितरण गर्दै आएको छ ।