मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र २१, बिहिवार

काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा आज विहान ०७ः३० बजे निधन भएको छ । १७ भदौमा उच्च ज्वरो र दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।
महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले भोलि शुक्रवार महानगरमा शोक बिदा दिइएको हो ।
रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए । रिजालको जन्म १७ कात्तिक २०२७ सालमा भएको थियो ।