मुलुक डेस्क, काठमाडौं । २०८० भाद्र १७, आइतवार

जनप्रतिनिधि र नेताको विकासको कारण जनता यसै पनि मारमा परेको जगजाहेर नै छ । यद्यपि सुशासन र सफाईमा पनि कहि कतै कुनै कसर बाँकी राख्न चुकेका छैनन् ।

यो दृश्य हो, महोत्तरी जिल्ला मनरा शिसवा नगरपालिका वडा नम्बर १, नगर कार्यपालिकाको कार्यालय मनरा । जहाँ मानवीय विकासको अवस्था कमजोर र दयनीय रहेको छ त्यही प्राकृतिक विकासले १०० फिट अग्लो फड्काे मारेको छ ।

नगर कार्यपालिकाको कार्यालय अगाडि, श्री दुर्गा माध्यमिक विद्यालयको नजिकै, मनरा सुरक्षा चौकीको ठाय्याक्कै पछाडी र मनरा बजारको छेउमै रहेको यो टावर अहिले चर्चाको केन्द्रविन्दु बनेको छ । सिग्नल दिने टावरले हरियाली प्रदर्शित गर्दैछ । छेउछाउका बिशाल र गरिमामय निकायहरु मौन छ । नगरबासी नस्तमस्तक छन् । पालिका, प्रशासन र सुरक्षा निकाय घोडा बेचेर सुतेको छ । सरोकारवाला र सरकार तु तु र मै मै मै सल्केको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *